
काठमाडौं । विभिन्न व्यक्तिहरुसँग अन्तरक्रिया गर्दै आएकी प्रधानमन्त्री सुशीला कार्कीले आज नागरिक समाजका अगुवाहरूसँग अन्तर्क्रिया गर्ने भएकी छन् ।
कार्कीले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अन्तर्क्रिया गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार जेन–जी आन्दोलनपछिको देशको अवस्था र २१ फागुनका लागि तय भएको निर्वाचनलगायत विषयमा छलफल हुनेछ ।









Facebook Comments