काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिक निर्वाचनका लागि राजनीतिक दलहरूलाई बन्दसूची पेस गर्न तीन दिनको समय दिएको छ।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार मंसिर २१ देखि २३ गते दिउँसो ४ बजेसम्म दलहरूले समानुपातिक प्रणालीका लागि निवेदन पेस गर्न सक्नेछन्। मंसिर २४ मा निवेदन पेस गर्ने दलहरूको नामावली प्रकाशित गरिनेछ।

ad

उम्मेदवारको बन्दसूची पुस १३ र १४ मा बुझाउनुपर्नेछ भने माघ २० गते अन्तिम सूची सार्वजनिक गरिने आयोगले जनाएको छ।

फागुन २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म देशभरका मतदान केन्द्रमा मतदान हुने प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।