
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। आयोगका अनुसार पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ।
मतदाता नामावली पुस १९ मा प्रकाशन गरिनेछ भने दाबी–विरोध छानबिनपछि पुस २२ मा अन्तिम नामावली सार्वजनिक हुनेछ।
उम्मेदवारविरुद्ध उजुरी पुस २४ मा दिउँसो ४ बजेसम्म गर्न पाइनेछ। नाम फिर्ता पुस २७ मा बिहान १० देखि दिउँसो १ सम्म लिइने र त्यसपछि अन्तिम नामावली सार्वजनिक गरिनेछ।
उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ मा प्रदान गरिने आयोगले जनाएको छ। राष्ट्रिय सभा सदस्यको मतदान माघ १ गते बिहान ९ देखि दिउँसो ३ बजे सम्म हुनेछ।









Facebook Comments