काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ।

आयोगको आइतबारको निर्णयअनुसार प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका लागि प्रक्रिया सुरु हुने भएको छ। प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ।

ad

उम्मेदवारको प्रारम्भिक सूची सोही दिन साँझ सार्वजनिक गरिनेछ। मनोनयनविरुद्ध उजुरी माघ ७ गते दिउँसो ३ बजेसम्म दिन सकिनेछ। माघ ८ गतेसम्म उजुरी छानबिन र मनोनयन जाँचबुझ हुने आयोगले जनाएको छ।

अन्तिम नामावली माघ ८ गते बेलुका सार्वजनिक हुने आयोगले जनाएको छ।