काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले अवैध डिम्ब प्रकरणमा सत्ता प्रयोग गरेर दोषीलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाउँदै प्रधानमन्त्री सुशीला कार्की र महान्यायाधिवक्ता सरिता भण्डारीको भूमिकामाथि निष्पक्ष छानबिन गर्न माग गरेको छ।

प्रवक्ता विजय शाहले आइतबार जारी विज्ञप्तिमा सीआइबीले कारबाहीका लागि गरेको सिफारिसै रोकिएको देखिनुले शक्ति दुरुपयोग र स्पष्ट भ्रष्टाचारको संकेत दिएको बताएका छन्। 

ad

उनले महान्यायाधिवक्ताको तत्काल बर्खास्ती र मुद्दा रोक्ने निर्णय खारेज गर्न सरकारलाई आग्रह गरेका छन्।

मुभमेन्टले फाइल रोकिएको सम्पूर्ण प्रक्रिया सार्वजनिक गर्न, स्वतन्त्र उच्चस्तरीय छानबिन आयोग गठन गर्न र पीडित परिवारको सुरक्षा सुनिश्चित गर्न पनि माग गरेको छ। 

जेनजी विद्रोहपछि बनेको सरकार लगातार कमिसन र दुरुपयोगका घटनामा मुछिँदै गएको आरोप लगाउँदै विज्ञप्तिमा अपराध छोप्ने प्रयासका विरुद्ध आन्दोलन जारी रहने चेतावनी दिइएको छ।