काठमाडौं । नेपाली कांग्रेसमा फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको चुनाव अगाडि १५ औँ  महाधिवेशन गर्ने कि पछि गर्ने भन्ने विवादमा केन्द्रीय समितिको बैठक अनिर्णयको बन्दी भएको बेला केही दिन अगाडि सिंगापुरमा उपचार गरेर फर्किएका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरुलाई आफ्नो निवासमा बोलाएर छलफल गरिरहेका छन ।

शनिबार बेलुका उनले  प्रवक्ता डा. प्रकाशशरण महत, नेताहरू एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्र कार्कीसँग छलफल गरेका छन् । सहभागी थिए । यस अगाडि देउवालाई कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्ला गतिविधिबारे ब्रिफिङ गरेका थिए । देउवाले आफ्नो पक्षमा देखिएका पार्टीका ७ पूर्व पदाधिकारीहरुलाई पनि छलफलका लागि बोलाईसकेको बताइएको छ ।

ad

कांग्रेस केन्द्रीय समितिको जारी बैठकमा नियमित महाधिवेशनको कार्यतालिकामा सहमतिका लागि पटक पटक कसरत गरे पनि सहमति हुने सम्भावना क्षीण हुँदै गएपछि महामन्त्री गगन थापाले मंसिर मसान्तमा विशेष महाधिवेशनको प्रस्ताव ल्याएका छन् । संस्थापन पक्ष भने चुनाव अगाडि कुनै पनि हालतमा महाधिवेशन गर्न नहुने अडानमा छ ।