काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई संरक्षक रहने गरी नागरिक बचाउ दल नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।

दलको सभापतिमा यस अगाडि प्रसाईंको स्वकीय सचिव रहेका माधव खतिवडा (कल्पित) छन् । कल्पितका अनुसार पार्टीमा अहिले २९ जना केन्द्रीय सदस्य छन्। कल्पितले नागरिक बचाउ दल दुर्गा प्रसाईंको विचार, लक्ष्य र उद्देश्य प्राप्तिका लागि गठन भएको बताए ।  पार्टीको चुनाव चिह्न दुई पाइला रहेको छ।

ad

दलको उपसभापतिमा ईश्वरीप्रसाद भट्टराई, देवीप्रसाद संग्रौला, महामन्त्रीमा प्रेमकुमार थाम्सुहाङ, सहमहामन्त्रीमा विष्णु बोहोरा क्षेत्री, कोषाध्यक्षमा सुष्मा रेग्मी रिजाल र प्रवक्तामा प्रेम थापामागर छन् भने सदस्यहरुमा रामकुमार कार्की, प्रविन लामा, शक्तिराज शाही, दिवाकरमान सिंह बस्नेत, लुजा राई, रेनुकादेवी खरेल, तुलसाकुमारी खत्री, राजेन्द्रबहादुर दमाई, बिजय थापा, तेजेन्द्र रायमाझी, हरदेव महत्तो, बलबहादुर तामाङ, नवराज दुलाल, दानुमाया थापा, रेणु हमाल शाही, दिनेश पाख्रिन, राजु श्रेष्ठ, पुष्पराज भण्डारी, सुरेन्द्रकुमार कार्की, कमला माया क्षेत्री छन् ।