काठमाडौं । मुलुकको समसामयिक सुरक्षा अवस्थाका बारेमा छलफल गर्न गृहमन्त्री ओमप्रकाश अर्यालले आज केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

बैठकमा गृहसचिव रामेश्वर दंगाल, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले सहभागी हुनेछन् ।

ad

बैठकमा  विभिन्न समूहले घोषणा गरेकोे आन्दोलनका कार्यक्रम लगायतका बिषयमा छलफल हुने बताइएको छ ।