
काठमाडौं । नेपाली कांग्रेसभित्र चलिरहेको आन्तरिक विवाद समाधानका लागि शुक्रबार बसेको कार्य सम्पादन समितिको अनौपचारिक बैठकले महाधिवेशनमा सहमति जुटाउन नौजनाको संयोजन समूह बनाएको छ । पार्टीका विभिन्न समूहबीच अनौपचारिक छलफल तीव्र बनेको छ।
बैठकमा नेता शेखर कोइरालाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई जिम्मा दिने प्रस्ताव बैठकमा गरेका थिए।
सभापति, उपसभापति र दुई महामन्त्री मिलेर सहमति प्रक्रियालाई अघि बढाउने भन्ने प्रस्तावमा सहमहामन्त्री महेन्द्र यादवलाई पनि समावेश गर्नुपर्ने प्रस्ताव संस्थापन पक्षले गऱ्यो ।
छलफलकै क्रममा सहमहामत्री यादवले यस संयोजनमा पूर्व पदाधिकारीहरु कृष्ण सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र विजय गच्छदारलाई पनि समावेश गर्नुपर्ने प्रस्ताव राखेपछि नौजनाको संयोजन समिति बनाइएको थियो।









Facebook Comments