
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । विघटित प्रतिनिधिसभामा रास्वपाको प्रमुख सचेतक रहेका परियारले पार्टी परित्याग गरेका हुन् ।
परियारले आज रास्वपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका हुन्।यसअघि पूर्व शिक्षामन्त्रीसमेत रहेकी सुमना श्रेष्ठले पनि रास्वपा परित्याग गरेकी थिईन् ।
परियारले आफ्नो राजीनामापत्रमा बदलिँदो परिस्थितिलाई आत्मसाथ गर्दै यस ऐतिहासिक घडिमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैको मिति कात्तिक २८, २०८२ देखि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधरण सदस्यसम्म नरहने उल्लेख गरेका छन् ।









Facebook Comments