
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनसम्बन्धी विवादका बिषयमा केन्द्रीय कार्यसमितिको बैठक अनिर्णित रहेको अवस्थामा पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एक महिनादेखि जारी केन्द्रीय कार्यसमिति बैठक रोकेर आज कार्यसम्पादन समिति बैठक बोलाएका छन् ।
आज दिउँसो १ बजे पार्टी ललितपुरको धोविधाटमा कार्यसम्पादन समिति बैठक बोलाइएको हो । बैठकको एजेण्डा महाधिवेशनका विषयमा देखिएको विवादको समाधानका लागि उपाय खोज्ने रहेको बताइएको छ ।
पार्टीको १५ औँ महाधिवेशन कहिले गर्ने भन्ने टुङ्ग्याउन गत असोज २८ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक जारी छ ।
बिहीबारसम्म केन्द्रीय कार्यसमितिमा केन्द्रीय सदस्यहरू र पदाधिकारीले धारणा राख्ने क्रम सकिएको छ









Facebook Comments