
काठमाडौं । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्ताव लैजान सात दलले प्रक्रिया अघि बढाएका छन् । संसद् सञ्चालनमा दलीय पक्ष लिएको भन्दै उनीविरुद्ध महाभियोग प्रस्ताव अघि बढाइएको हो ।
कात्तिक २२ गतेको बैठकमा कार्यव्यवस्था परामर्श समितिको निर्णयविपरीत प्रदेशसभामा संसदीय दलको नेतालाई रोस्ट्रम प्रयोग गर्न नदिएको, एक दलको निर्देशनबमोजिम समाभुखले पटकपटक सभा सञ्चालन गरेको, विपक्षी दलको उपस्थितिबिना सभा चलाएको सात दलको भनाइ छ ।
‘सभामुखले पदअनुकूल आचरण नगरेको प्रस्ताव’मा उपसभामुख बबिता राउतले तोक लगाइसकेकी छन् । तर उक्त पत्र दर्ता भइसकेको छैन ।
कार्यालय समय सकिएको र दर्ता गर्ने कर्मचारी नरहेको प्रदेशसभा सचिवालयले जनाएको छ । सात दलका नेता र सांसद अहिले प्रदेशसभा परिसरमै छन् ।









Facebook Comments