काठमाडौं। सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश जारी भएको छ ।

बिहीबार उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले मिसिल झिकाउने आदेश दिएको हो । 

ad

यसअघि कात्तिक २० गते पनि यसै इजलासले जिल्ला अदालतबाट मिसिल झिकाउने आदेश जारी गरेको थियो ।