काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा चुनाव अगाडि कि चुनाव पछाडि महाधिवेशनको बिषयमा कुरा नमिलिरहेको समयमा कांग्रेसका विशेष महाधिवेशन पक्षधरले आज महिला भेलाको आयोजना गरेको छ ।  

नयाँ बानेश्वरको थापागाउँस्थित अर्पण ब्याङ्क्वेटमा विशेष महाधिवेशनका पक्षधरले महिला भेला गरेका हुन् । 

ad

कांग्रेसका विशेष महाधिवेशन पक्षधर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए । 
यसैबीच भोलि शुक्रबार सोही स्थानमा विशेष महाधिवेशन पक्षधरहरुले युवा भेला समेत आयोजना गर्ने भएका छन् ।