
काठमाडौं । हामी नेपाल नामक गैह्रसरकारी संस्थाका संयोजक सुदन गुरुङले जेनजी आन्दोलनको बलमा गृहमन्त्री बनेका ओमप्रकाश अर्याल एमालेकै गृहमन्त्री जस्तो लाग्न थालेको बताएका छन् ।
लैनचौरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गृहमन्त्री अर्यालले अहिले आन्दोलनकारीलाई पक्राउ गरिरहेको भन्दै जेनजीका माग सम्बोधन नगरेको देख्दा अर्याल एमालेको गृहमन्त्री हो कि जस्तो लाग्न थालेको बताए । उनले गृहमन्त्री अर्यालले धोका दिएको टिप्पणी समेत गरे । उनले जेनजी ०८४ को निर्वाचन ०८२ मा सार्न मात्र नलडेको बताए । जेनजीको माग पुरा नभई चुनावमा सहभागी नहुने पनि उनले बताए ।
चुनाव–चुनाव मात्र भनिरहेकोले गृहमन्त्रीप्रति शंका उत्पन्न भएको गुरुङको भनार्इ थियो । उनले जेनजी आन्दोलनले न्याय पाउनुपर्ने माग समेत गरे ।









Facebook Comments