
काठमाडौं । ३० बर्षे सेवा अवधिका कारण आजदेखि सेवा निवृत्त भएका नेपाल प्रहरीका निवर्तमान आइजिपी चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ।
भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको आज बसेको बैठकले खापुङलाई विदेश जान रोक लगाउने निर्णय गरेको हो। साथै आयोगको अनुमतिबिना खापुङलाई काठमाडौं उपत्यका छाडेर बाहिर जान पनि रोक लगाएको छ ।
भाद्र २३ र २४ गतेका घटनाहरुको छानविन तथा जाँचबुझका लागि कुनै पनि समयमा आयोगमा हुनुपर्ने हुँदा आजैदेखि लागू हुने गरी खापुङको विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृतिवेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने र खापुङलाई समेत जानकारी दिने निर्णय भएको आयोगका सदस्य एवम् प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए ।









Facebook Comments