
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह (फुली) प्रदान गरिएको छ। गृह मन्त्रालयमा आयोजित एक समारोहमा गृह सचिव रामेश्वर दंगालले महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठतम एआईजी कार्कीलाई नेपाल प्रहरीको ३३ औं आईजीपीमा बनाउने निर्णय गरेको थियो । ३० वर्षे सेवाअवधिका कारण महानिरीक्षक चन्द्रकुबेर खापुङ अवकाशमा जाने भएपछि कात्तिक २७ बाट लागू हुने गरी कार्कीलाई आईजीपीमा बढुवा गरिएको थियो।









Facebook Comments