
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले पुसभित्रै नियमित महाधिवेशन गर्न सकिने बताएका छन् । उनले विशेष महाधिवेशन भएर पार्टी विभाजन हुनसक्ने समेत बताए ।
आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै लेखकले ‘विशेष महाधिवेशनसम्म जानै नहुने बताए । उनले क्रियाशील नवीकरण र नयाँ वितरण सके पुसभित्रै नियमित महाधिवेशन गर्न सकिने पनि बताए । उनले केन्द्रीय समितिबाट जे निर्णय भए पनि एकताबद्ध रूपमा आउनुपर्नेमा जोड दिए।
क्रियाशील सदस्यता छानबिन समिति र विधान मस्यौदा समिति सर्वसम्मत रूपमा गठन गरेर काम गरे पुस महिनाभित्रै महाधिवेशन सम्भव रहेको उनको भनाइ थियो। विशेष महाधिवेशनका हस्ताक्षरकर्ताहरूको हस्ताक्षर फिर्ता लिन भनौँ, उहाँहरूको भावना सम्बोधन हुने गरी पुसभित्रै नियमित महाधिवेशन गर्न सकिन्छ, लेखकको भनाई थियो ।









Facebook Comments