
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीले हावा कुरा गर्ने भएकाले नेकपा एमाले छोडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने जिकीर गरेका छन् ।
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि पार्टी कार्यालय, पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उक्त दावी गरेका हुन् । उनले भने– ‘१२ वटा समूह एक ठाउँमा आइसक्यौँ, केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन् ।’









Facebook Comments