
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले भदौमा भएको जेनजी आन्दोलनको छानविन गरी दोषी प्रमाणित भएकाहरूलाई कारबाही गरिनुपर्ने बताएका छन् ।
चितवनमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष पाण्डेले भदौ २३ गते कसले गोली चलायो भनेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भन्न नमिल्ने समेत टिप्पणी गर्दै भने– ‘धरहरा कसले बनाएको, मैले बनाएको । फलानो कसले बनाएको, मैले बनाएको भन्ने । गोली कसले चलायो ? त्यो त थाहा छैन भन्न मिल्दैन । बरु त्यो बेलामा सरकारको किन कन्ट्रोल भएन छानबिन गरौँ भन्नुपर्छ ।
उनले २४ भदौको घटना अक्षम्य अपराध रहेको बताए । एमाले सरकारमा भएको बेला घटना घटेकोले यो घटनाको दागबाट मुक्ति पाउन पनि निष्पक्ष छानबिन भएर दोषीमाथि कारबाही हुनुपर्ने उनको भनाई थियो ।
उनले राजनीतिक, प्राविधिक अन्य कानुनी तयारीका हिसावले हेर्दा सरकार फागुन २१ गते चुनाव गराउने बाटोमा नलागेको दावी पनि गरे ।









Facebook Comments