
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र व्यवसायी दुर्गा प्रसाईं संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका प्रतिनिधिबीच आज गृह मन्त्रालयमा वार्ता भएको छ ।
वार्ताका क्रममा विभिन्न २७ बुँदे माग समेत पेश गर्दै महाअभियानले गर्ने भनिएको आन्दोलन अहिंसात्मक हुने बताएका थिए ।
महाअभियानको मागपत्र बुझ्दै गृहमन्त्री अर्यालले ती मागहरु राजनीतिक प्रकृतिका रहेको र राजनीतिक माग पूरा गराउन पार्टी दर्ता गरेरै निर्वाचनमा जान सुझाव दिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
हिन्दु राज्य स्थापनाका लागि जनमत सङ्ग्रह गरिनुपर्ने, प्रदेश संरचना खारेज गरी ५ विकास क्षेत्र र १४ अञ्चलको व्यवस्था गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्नेलगायतमा माग महाअभियानले राखेको छ ।









Facebook Comments