काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राज्य कमजोर हुँदा नागरिक पनि कमजोर हुने बताएका छन् । काभ्रेपलाञ्चोकस्थित एमालेको बनेपामा नगर कमिटीद्वारा आज बनेपामा आयोजित नगरस्तरीय भेलामा बोल्दै उनले नागरिकलाई बलियो बनाउन सरकार पनि बलियो हुनुपर्ने बताए । 

‘राज्य सक्षम सबल भए नागरिक बलिया हुने हुन्, त्यसैले एमालेले यही मान्याता बोक्दै आएको हो,’ पोखेरेलले भने, ‘राज्य कमजोर हुँदा राष्ट्रविरुद्धको षड्यन्त्र सफल भएको देखियो, सरकारमा को थियो भन्ने कुरा गौण कुरा हो, त्यसैले राज्य बलियो हुनुपर्ने हाम्रो मान्यता हो ।’

ad

उनले एउटा लोकतान्त्रिका क्रान्तिले देश बदल्ने गर्छ, नेपालमा पटकपटक क्रान्ति गर्ने परिस्थिति किन उत्पत्ति हुने गर्दछ भन्ने प्रश्न जगजाहेर भएको यो प्रश्न खट्किरहेको बताए । उनले थपे, ‘यस विषयमा हामीले गम्भीर रूपमा बुझेर र विश्लेषण गर्नुपर्नेछ ।’

महासचिव पोखरेलले गत भदौ २३ र २४ को घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने आवश्कयता औँल्याउँदै नेपालमा भएको षड्यन्त्रको पहिचान बलियो राज्यले मात्रै गर्ने तर्क व्यक्त गरे । उनले प्रतिनिधिसभा पुनःस्थापना र प्रतिगमन खारेजको माग गर्दै देशव्यापी प्रर्दशन सुरु गरेको बताए । 

एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले लोकतन्त्रको स्थिरताले सार्थकता पाउन नसकेको बताउँदै संसद पुनर्स्पना एमालेको प्रमुख सर्त भएको बताए । उनले भदौ २३ र २४ गते भएको आन्दोलनको न्यायीक छानबिन हुनुपर्ने माग गरे । 

नगर कमिटी नवराज मानन्धरको अध्यक्षतमा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय सदस्य रेशम लामा, प्रदेश कमिटी सदस्य अशोक ब्याञ्जू, जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल, प्रदेश कमिटी सदस्यद्वय कुमार तिमल्सिना र हरिशरण दाहाललगायतले एमालेको नीति, धारणा र आगामी योजनाका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।