
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनाव अगाडि कि पछाडि भन्ने बिषयमा विवाद चर्किरहँदा कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले चुनाव नीति महाधिवेशन गर्न सुझाव दिएका छन्।
सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले विशेष महाधिवेशन माग गरेका ५४ प्रतिशत र बाँकीलाई पनि समेटेर चुनावअघि नीति महाधिवेशन गर्न सुझाव दिएका हुन्। कार्कीले नेतृत्व परिवर्तन नगर्ने गरी विशेष नीति महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् ।
उनले भने–मेरो सुझाव छ, ५४ प्रतिशत साथीहरूले विशेष महाधिवेशन माग गर्नुभएको छ। चुनावअघि यसलाई नीति महाधिवेशनका रूपमा सम्पन्न गरौं।’









Facebook Comments