
काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवको नियुक्ति असंवैधानिक भएकाले उनलाई बर्खास्त गर्न माग गर्दै जनमत पार्टीले आज वीरगन्जमा प्रदर्शन गरेको छ ।
घण्टाघर चोकमा जनमत पार्टीका नेता तथा कार्यकर्ताले सडकमा टायर बालेर नाराबाजी गरे। सडकमा टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गर्दा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो ।
विरोध प्रदर्शनलाई सम्बोधन गर्दै जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले ‘संविधानले दिएको अधिकारलाई कुण्ठित गरेर प्रदेशलाई कमजोर बनाउने प्रयास भएको भन्दै असंवैधानिक ढंगबाट नियुक्त मुख्यमन्त्री यादवलाई बर्खास्त गर्नुपर्ने माग गरे ।









Facebook Comments