
काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशसभाका सांसदहरूले सर्वोच्च अदालतमा आज रिट निवेदन दर्ता गराएका छन् । उक्त रिट निवेदनको पेसी बुधबारलाई तोकिएको छ ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त भएको मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारविरुद्ध मधेस प्रदेशसभाका ७४ जना सांसदको हस्ताक्षरसहित रिट निवेदन दर्ता गराउन सर्वोच्चमा पुगेका हुन्।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइन्सहितका नेताहरू सर्वोच्च पुगेका छन् । उनीहरूलाई रिट निवेदनमा मधेस प्रदेशका पूर्व मुख्यन्यायाधीवक्ता दीपेन्द्र झासमेतका कानुनविद्हरूले कानुनी सहयोग गरिरहेका छन्।
सोमबार बिहान संविधानको धारा १६८ को ३ बमोजिम तत्कालिन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभाको ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई महोत्तरीको पानस होटलमा मुख्यमन्त्री नियुक्त गरी सपथ ग्रहण गराएकी थिइन्।
यसप्रति कांग्रेससहित सात दल मधेस प्रदेशको राजधानी जनकपुरधाम स्थित मधेस प्रदेश सरकारको मुख्यालय मधेस भवन घेराउ गरी आन्दोलन गरेका थिए ।
प्रदेश प्रमुखको कार्यालय छलेर होटलमा मुख्यमन्त्रीलाई शपथ खुवाउने प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका छन् ।









Facebook Comments