काठमाडौं । २०७८ सालमा एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादीतिर लागेका नेतृ रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ (किसान) लगायतका नेता एमालेमै फर्किएका छन् । उनीहरुलाई आज एक कार्यक्रमका बीच एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका हुन् ।  


गत कात्तिक १९ गते एकीकृत समाजवादी माओवादीलगायतका पार्टीबीच एकता भएपछि असन्तुष्ट उनीहरु एमालेमै फर्किएका हुन् । 

ad


उनीहरूलाई एमाले अध्यक्ष ओलीले एमालेको चुनाव चिह्न सुर्य प्रदान गरेका थिए भने उनीहरुले कलम चिह्न अध्यक्ष ओलीलाई प्रदान गरेका थिए ।


सोही कार्यक्रममा गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमिल्सिना, राजाराम स्याङतान, ववि चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदार गौतम, सावित्री न्यौपाने लगायतलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए ।