काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियानको केन्द्रीय संयोजकमा घनश्याम भुसाल चयन भएका छन् ।

केन्द्रीय कमिटीको शनिबारको बैठकले उनलाई संयोजकमा चयन गरेको हो । बैठकमा भुसालले पार्टीलाई पुनर्गठन गरी अहिलेको अवस्थामा देशभक्त वामपन्थीहरूको मोर्चा बनाएर अघि जानुपर्ने बताए ।

ad

माओवादी केन्द्र र एकीकृत समाजवादीलगायत दलको एकता भएपछि भुसाल समूहले नेकपा एकीकृत समाजवादी पुनर्गठन गरेको हो । 

बैठकले आगामी मंसिर महिनामा राष्ट्रिय भेला गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख दामोदर अर्यालले जानकारी दिएका छन् ।