
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्माले सहकार्यको नयाँ यात्रा सुरु गर्ने घोषणा गरेका छन्।
शुक्रबार जारी संयुक्त प्रेस विज्ञप्तिमा तिनै नेताले राष्ट्रियता, लोकतन्त्र र जनअधिकारहरू गम्भीर संकटमा परेको निष्कर्ष निकाल्दै, वाम, समाजवादी र प्रगतिशील शक्तिहरूबीच बृहत मोर्चा निर्माणका लागि पहल गर्ने घोषणा गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘हामी त्यस्तो ऐतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै एकताबद्ध भएर अगाडि बढ्न संकल्पबद्ध भएका छौँ।’ नेतातयहरूले सबै कम्युनिष्ट, समाजवादी, प्रगतिशील र देशभक्तहरूलाई सार्थक संवाद र सहकार्यमा सहभागी हुन आह्वान गरेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार यो संयुक्त कदमले देशको वाम–समाजवादी पुनर्संयोजनतर्फ नयाँ संकेत दिएको छ।
तीनै नेताले पछिल्ला महिनामा अलग–अलग रूपमा प्रणाली सुधार, आर्थिक न्याय र स्वाधीनताको पक्षमा आवाज उठाउँदै आएका थिए।










Facebook Comments