
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीसहित अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाको सहभागिता रहने महासंघले जनाएको छ ।
यस्तै, कार्यक्रममा मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालयका सचिवहरू, नेपालस्थित विभिन्न देशका राजदूतहरू, विकास साझेदार र नियोगका प्रमुख एवं प्रतिनिधिहरू तथा निजी क्षेत्रका संस्थाहरूका प्रमुख तथा पदाधिकारीको सहभागिता रहनेछ ।
जेनजी आन्दोलन र त्यसपछि देशको समग्र आर्थिक परिस्थिति र आगामी कार्यदिशाका बारेमा साझा धारणा तय गर्न ‘राष्ट्रिय बृहत् आर्थिक बहस’ आयोजना गरिएको महासंघले जनाएको छ ।
उद्योग वाणिज्य महासंघले यस अघि पनि २०८० सालमा राष्ट्रिय बृहत आर्थिक बहस पहिलो शृंखला आयोजना गरेको थियो ।








Facebook Comments