काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीमा गुट, उपगुट र फु्‌टको अन्त्य गर्न चाहने भन्दैे कोही कसैप्रति आग्रह–पुर्वाग्रह नराखी अगाडि बढनुपर्ने बताएका छन् ।

आज आफ्नो सम्पर्क कार्यालय विशालनगरमा काठमाडौमा उपलब्ध जिल्ला सभापति तथा पुर्व जिल्ला सभापतिहरुसँगको अनौपचारिक छलफलमा कांग्रेसका नेता  कोइरालाले नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने समेत बताए । 

ad

अहिलेको समयको चाप, अवस्था आदिका कारण यदि २०८२ मंसिर मसान्तमा गर्न सकिएन भने कुनै पनि हालतमा २०८२ पुस मसान्तसम्म गरिसक्नुपर्छ, उनले भने । 

आउँदो आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वमा चुनावमा जानुपर्ने उनको भनाई थियो । २०८२ पुस मसान्तसम्मको तालिका बनाँउदा निर्वाचन आयोगको निर्वाचनले प्रकाशित गरेको तालिकासँग नबाझिने गरी बनाउनुपर्छ, उनले भने । नेपाली कांग्रेस अहिले एकतावद्ध, गम्भिर, जिम्मेवार, संयम भै अघि बढ्नुपर्नेमा जोड दिंदै उनले पार्टीसँग सम्बद्ध सबैले राष्ट्र, जनता र लोकतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने पनि बताए ।

बिगतमा पार्टीले थुप्रै आरोहअवरोह ब्यहोरेकोले आगामी दिनमा एकता नै बल हो भन्ने भावनानुसार एक हुनैपर्छ र कसैले पनि मेरो गोरुको बाह्रै टक्का भन्ने सोच राख्नु हुन्न, उनको भनाई थियो ।