काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकटका कांग्रेसका जिल्ला सभापति तथा पूर्वजिल्ला सभापतिहरूसँग महाधिवेशनका बिषयमा पार्टीभित्र देखिएको विवादबारे आज आफ्नो काठमाडौं विशालनगरस्थित सम्पर्क कार्यालयमा छलफल गरेका छन् ।

पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले पेश गरेका दुई कार्यतालिका र त्यसको मिलनबिन्दु के हुनसक्छ भन्नेबारे नेता डा. कोइरालाले छलफल गरेका हुन् ।

ad

छलफलमा केन्द्रीय सदस्यहरू प्रा.डा.गोविन्दराज पोख्रेल र टेकप्रसाद गुरुङ, मोरङ सभापति डिगबहादुर लिम्बू, रुपन्देही सभापति रामकृष्ण खाँण, नुवाकोट सभापति रमेश महत, खोटाङ सभापति विष्णु राई, चितवन सभापति राजेश्वर खनाल, सिन्धुलीको उज्ज्वल बरालसहित उपस्थित थिए ।

छलफलका क्रममा नेता डा. कोइरालाले नयाँ नेतृत्व र नयाँ ऊर्जा लिएर निर्वाचनमा जानुपर्छ भन्नेमा आफू अडिग रहेको बताएका थिए ।