
काठमाडौं । नेपाल प्रहरीका आईजीपी चन्द्रकुबेर खापुङले सरकारले गठन गरेको जाँचबुझ आयोगसमक्ष स्पष्टीकरण बुझाएका छन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा खटिएका प्रहरी अधिकारीको विवरण मागेको आयोगलाई आईजीपीले जवानदेखि आईजीपीसम्म सबै फिल्डमा खटिएको जवाफ दिएका थिए।
त्यसपछि आयोगले प्रहरीले आयोगलाई सहयोग नगरेको आरोप लगाउँदै बिहीबार खापुङलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो।
आईजीपीले आज शुक्रबार आयोगसमक्ष स्पष्टीकरण बुझाएको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अहिले भने आयोगले मागेअनुसारका विवरण पनि प्रहरीले पठाएको छ।
जेनजी आन्दोलनको घटनाबारे आयोगले बिहीबारदेखि बयान लिन थालेको छ। बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको थियो।
भदौ २४ गते नक्खु कारागारबाट बाहिरिएका लामिछानेलाई आयोगले बाहिरिनुको कारणसहितबारे ६ घण्टा बढी बयान लिएको थियो। प्रहरीले प्रहरी अधिकारीसँग पनि बयान लिँदै छ।









Facebook Comments