ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) को आयोजनामा १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

‘शिक्षा र खेलकुदसंगै’ भन्ने नारालाई व्यहारमा उतार्ने उद्देश्यसहित हुन लागेको प्रतियोगितामा २८ विद्यालयका ४० टिमको सहभागिता रहने टीआईएकी प्रधानाध्यापक निरा प्रधानले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् ।

ad

ब्वाइजमा २४ तथा गल्र्समा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरु हात्तीगौडास्थित आयोजककै कोर्टमा खेलाइने छ ।