
काठमाडौँ। ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालबाट आशा मरिसकेको भन्दै राजीनामा माग गरेका छन् । हत्यारा र भ्रष्ट्राचारीलाई कारबाही नगरेको र जेन जेडहरूलाई कारबाही गरेको भन्दै उनले अर्यालको राजीनामा मागेका हुन् ।
‘अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश’ भन्दै सुदनले सामाजिक सञ्जालमा छन्– ‘सहिदको रगत सम्झनुहोस् । नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस् । काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस् । देशको हितको लागि लड्दा मैले भ्रामक समाचारद्वारा यत्रो अपमानदेखि चरित्र हत्या समेत सहेर बसेँ । कुनै स्पष्टीकरण पनि दिन उचित ठानिनँ । कज मैले सोचेको थिएँ, कामले देखाउँछ र कामले बोल्छ । अझै पनि देश बन्छ भने करोडौँ अट्याकहरू सहन तयार छु तर, अब तपाईँबाट आशा मरिसकेको छ।
उनले आफूहरूले गत भदौ २३ र २४ को आन्दोलन २०८४ को चुनाव २०८२ मा सार्नलाई नगरेको स्पष्ट पार्दै यदि नेपाली जनता र जेन जेडको माग सम्बोधन हुँदैन भने यसपालिको चुनाव पनि हुन नदिने चेतावनी दिएका छन् ।









Facebook Comments