
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा सर्वपक्षीय सरकारको माग गर्दै जनप्रदर्शन गरेको छ।
आज मध्यान्ह सुन्धाराबाट निस्किएको भृकुटीमण्डप पुगेर सभामा परिणत भएको छ। जनसभालाई विप्लव लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।
नेकपाबाट चिरन पुन समूहले विद्रोह गरी बुधबार माओवादी केन्द्रसहित १० वटा वाम घटकसँग एकीकरणबाट नेपाली कम्युनिस्ट पार्टी घोषणा गरेको छ। तर विप्लव भने बुधबारको एकतामा सहभागी भएनन्। उनले निर्वाचनमा आयोगमा कम्युनिस्ट पार्टी नेपालको नाममा दर्ता गरेका छन् ।









Facebook Comments