
काठमाडौं । नेकपा एमाले निकट युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो फेसबुक ‘स्टाटस’मा समाजमा घृणा फैलाउने आपत्तिजनक र अश्लील शब्द प्रयोग गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएको छ ।
मेयर साहविरूद्ध जाहेरी दिन युवा संघ नेपालका एक टोली आज दिउँसो साइबर ब्युरो पुगेर उजुरी दिएको हो ।
बालेनले गत शनिबार विभिन्न शक्ति राष्ट्र र देशका विभिन्न दलको आलोचनामा प्रयोग गरेको अश्लील शब्दविरुद्ध आज उजुरी लिएर साइबर ब्युरोमा गएको संघका नेताहरुले बताएका छन् ।
मेयर बालेनले गत शनिबार राति आफ्नो आधिकारिक फेसबुकमा दलहरू तथा छिमेकीसहित अमेरिकालाई अश्लील शब्द प्रयोग गरेर राखेको स्टाटस एक घन्टा नपुग्दै हटाएता पनि हालसम्म चौतर्फी विरोध भने भईरहेको छ ।









Facebook Comments