काठमाडौं । प्रहरी प्रधान कार्यालयले  भदौ २३ र २४ गते भएको घटना सम्बन्धमा छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई जेनजी आन्दोलनमा काठमाडौं उपत्यकामा खटिएका प्रहरीको सूची पठाएको छ।

सूची प्राप्त भएसँगै आयोगले प्रहरीको बयान लिने तयारी थालेको छ। यस अगाडि प्रहरीले आईजीपीदेखि जवानसम्म सबै फिल्डमा खटिएको जवाफ आयोगलाई दिंदै सूची बुझाउन आनाकानी गरेपछि बुधबार आयोगले प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले आफूलाई असहयोग गरेको ठहर गर्दै स्पष्टिकरण माग गरेको थियो। 

ad