काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीहरुको खेल्ने अधिकारमाथि बन्देज लगाएको भन्दै नेपाल फुटबल खेलाडी संघको आह्वानमा फुटबल खेलाडीहरुले एन्फाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा राष्ट्रिय टिमका अन्जन  विष्ट, विकेश कुथु, विराज महर्जन, रोहित चन्द जस्ता खेलाडी पनि सहभागी छन्। एन्फा र ʻएʼ डिभिजन क्लबहरुबीच अर्को वर्षमात्रै ʻएʼ डिभिजन लिग हुने एन्फाले निर्णय गरेपछि यसमा असहमति जनाउँदै खेलाडीहरुले प्रदर्शन गरेका हुन् ।

ad

यही बिषयमा खेलाडी संघले हिजो नवनियुक्त खेलकुदमन्त्री बब्लु गुप्तालाई ज्ञापनपत्र समेत बुझाएको थियो।