
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अग्रसरतामा नयाँ र वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि छलफल सुरु भएको छ।
आज बिहान नयाँ बानेश्वरमा भट्टराईकै अग्रसरतामा भएको छलफलमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, हालै माओवादी केन्द्र छाडेका नेता जनार्दन शर्मा, नयाँ शक्तिकी उपाध्यक्ष मानुषी भट्टराई, विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटा लगायत व्यक्तिहरूको सहभागिता रहेको थियो ।
भट्टराईको अग्रसरतामा भइरहेको छलफल हालको राजनीतिक गतिरोध, जेन–जी विद्रोह र बदलिँदो राजनीतिक परिवेशलाई समेट्दै समग्र राजनीतिमा पुनर्गठन र भरपर्दो वैकल्पिक राजनीतिक शक्ति निर्माण केन्द्रित रहेको बताइएको छ।









Facebook Comments