
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ । जेनजी आन्दोलनबारे जाँचबुझ गर्न बनेको आयोगले आज उनको बयान लिएको हो ।
बयानका लागि लामिछानेलाई आज दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरवारस्थित आयोगको कार्यालय लगिएको थियो । आयोगले उनीसँग करिब साढे ७ घण्टा बयान लिएको छ ।
२४ गते नख्खु कारगारबाट निस्कने परिस्थिति कसरी बन्यो भन्ने विषयमा बयानका लागि लामिछानेलाई बोलाइएको थियो ।
यसअघि आयोगले कारगारका जेलर सत्यराज जोशीसँग पनि बयान लिएको छ ।









Facebook Comments