काठमाडौं । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीसहित नौ दलले आज एकता घोषणा कार्यक्रम सुरू भएको छ। काठमाडौंको भृकुटीमण्डपमा आज एकता घोषणा कार्यक्रम जारी छ। ‘

माओवादीसँग पार्टी एकता गरी माधवकुमार नेपालले पार्टीलाई विसर्जन गर्न खोजेको भन्दै उनी एकता प्रक्रियाको विपक्षमा रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि एकता प्रक्रियामा सहभागी भएका छन् । 

ad

माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादीका, सुवासराज काफ्ले नेतृत्वको नवसमाजवादी पार्टी, नेपाल महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टी, कर्णजित बुढाको नेकपा माओवादी समाजवादी र प्रेम चलाउनेको नेकपा साम्यवादी पार्टीले एकता गरेका हुन् ।