
काठमाडौं । बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा आज डिल्लीबजार कारागार चलान भएका छन् । फैसला कार्यान्वयनका लागि शेर्पालाई आज प्रहरीले अदालत उपस्थित गराएको थियो ।
अदालतले डिल्लीबजार कारागार चलानका लागि पत्र दिएपछि डिल्लीबजार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो । उनलाई हिजो प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको थियो ।









Facebook Comments