
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले गगन थापालाई सभापति र अबको प्रधानमन्त्री प्रस्ताव गरेर पार्टी चुनावमा जानुपर्ने बताएका छन्।
आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सहमहामन्त्री मन्सुरले सकेसम्म नियमित नभए विशेष महाधिवेशन गरेर भए पनि अहिले पार्टीभित्र तथा जनताका बीचमा पनि लोकप्रिय देखिएका गगन थापालाई सभापति बनाएर जानुपर्ने स्पष्ट पारेका हुन् ।
अहिले थापाकै पहलमा ५४ प्रतिशतले विशेष महाधिवेशन गर्न हस्ताक्षर पनि गरेको अवस्था रहेको भन्दै मन्सुरले आउने चुनावमा गगन थापालाई प्रधानमन्त्री उम्मेदवार र सभापति बनाएर नयाँ नेताको नेतृत्वमा प्रतिनिधि सभा चुनावमा पार्टी जानुपर्ने बताए । १४ औं महाधिवेशनमा मन्सुर सभापति शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री जितेका थिए।









Facebook Comments