काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले आजैबाट एकीकृत समाजवादीसँगको यात्रा समाप्त भएको घोषणा गरेकी छन् ।

आज काठमाडौंको बसेरा होटलमा आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीसँगै अघि बढ्ने बाटो अवरुद्ध भएपछि उपयुक्त मार्ग पहिल्याएर नयाँ यात्रा अघि बढाउने अभियानमा लागेको समेत बताईन । 

ad

उनले एमाले फुटेर एकीकृत समाजवादी बनाउँदा आफूले बीचमै यात्रा टुंग्याउन नसकेको भन्दै आज त्यो अवसर आएकोमा खुसीसमेत व्यक्त गरिन्। उनले माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकताले वामपन्थी आन्दोलन कमजोर हुने समेत बताईन ।