
काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेलाई दिएको छ ।
यसअघिका डीआईजी विनोद घिमिरेको सरुवा भएपछि डीआईजी काफ्लेलाई उक्त जिम्मेवारी दिइएको हो ।
प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजी काफ्लेलाई मंगलबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।
सरकारले सोमबार मात्रै पाँच जना डीआईजी बढुवा गरेको थियो भने अविनारायण काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका थिए ।









Facebook Comments