
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) नेपाल इन्जिनियरिङ क्याम्पसको नयाँ अध्यक्षमा पृथ्वीजंग थापा सर्वसम्मत रूपमा चयन भएका छन्।
थापा यसअघि सो क्याम्पसमा नेविसंघका कार्यवाहक अध्यक्षका रूपमा रहेर संगठन सञ्चालन गरिरहेका थिए। केन्द्रबाट खटिएका केन्द्रीय प्रतिनिधि तथा केन्द्रीय सदस्य सरोज तिमिल्सिनाको उपस्थितिमा र नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाको रोहबरमा आज सर्वसम्मत रूपमा थापा अध्यक्ष चयन गरिएको हो।
जेन–जी आन्दोलनपछि नेविसंघको तर्फबाट भएको यो पहिलो संगठन विस्तार हो। संघका नेताहरूले यसलाई विद्यार्थी राजनीतिमा संगठन पुनर्गठनको शुरुवातका रूपमा लिएका छन्।
नेविसंघ केन्द्रीय कार्यालयले जारी गरेको बधाई सन्देशमा भनिएको छ — ‘नेविसंघ केन्द्रबाट खटिएका प्रतिनिधि सरोज तिमिल्सिना र पार्टी सभापति दुर्लभ थापा ज्यूको रोहबरमा पृथ्वीजंग थापा सर्वसम्मत रूपमा नेपाल इन्जिनियरिङ क्याम्पसको अध्यक्षमा चयन हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
थापाको नेतृत्वमा बनेको नयाँ कार्यसमिति अब क्याम्पसमा विद्यार्थी हकहितका मुद्दा र संगठन सुदृढीकरणमा केन्द्रित हुने बताइएको छ।









Facebook Comments