काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनपछि मात्र पार्टीको १५ औं महाधिवेशन गर्नुपर्ने प्रस्ताव अगाडि सारेको छ ।

कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा सहमहामन्त्री महेन्द्र यादवले आगामी वैशाख २७ देखि ३० गतेसम्म पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।  

ad

यसअघि बैठकमा महामन्त्री गगन थापाले भने आगामी पुस १६ देखि १९ सम्म नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए । कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको म्याद यही मंसिर मसान्तमा सकिँदैछ ।