
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औं महाधिवेशन पुस १६ देखि १९ गतेसम्म गर्ने गरी कार्यतालिका आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका छन् ।
महाधिवेशन फागुन २१ को चुनावअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा पार्टीमा मतभेद रहेको बेलामा महामन्त्री थापाले आफूले तयार पारेको कार्यतालिका बैठकमा पेस गरेका हुन्। उनले २ महिनाभित्र महाधिवेशन गर्न सकिने पनि स्पष्ट पारे ।
आज विशेष महाधिवेशन पक्षधरले काठमाडौँको नयाँ बानेश्वरमा भेला आयोजना गरेको छ। उक्त भेलाले पनि नियमित महाधिवेशन समयमै गर्न नसक्ने भए तत्काल विशेष महाधिवेशनको तालिका ल्याउन माग गरेको छ ।









Facebook Comments