काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न आठ दल र समूहबीच पार्टी एकताको सहमतिपछि एकताको विपक्षमा रहेका नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरेका छन् ।

आज ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरी उनले पारदर्शितालाई आत्मसात् गर्ने, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायका समस्याप्रति प्रतिबद्ध रहने गरी अभियान घोषणा गरेको जानकारी दिए ।

ad

पार्टीमा नयाँ नेतृत्व स्थापित हुुन नदिन पार्टी एकताको नाटक गरेको समेत उनले आरोप लगाए। महाधिवेशन आयोजक समितिले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर एकताको नाटक गरेको उनको भनाई थियो । पत्रकार सम्मेलनमा शर्मासँगै माओवादी नेता राम कार्की र अन्जना विशुंखेको पनि उपस्थिति थियो ।