
काठमाडौं । सामाजिक सञ्जालमार्फत अमर्यादित र अभद्र अभिव्यक्ति दिएको आरोपमा प्रहरीले डा. निकोलस भुसाललाई आज दिउँसो गोरखामा पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा नगरपालिका वडा नम्बर ८ स्थित सरस्वती आश्रमबाट भुसाललाई पक्राउ गरेको हो ।
उनलाई पक्राउ गर्न काठमाडौंबाट डिएसपी अनिल घिमिरेसहितको टोली परिचालन गरिएको थियो। भुसाललाई पक्राउ गरेर स्वास्थ्य परीक्षणका लागि प्रदेश अस्पताल गोरखामा लगिएको प्रहरीले जनाएको छ ।









Facebook Comments